झन्डै दुई अर्बको निर्जीवन बीमा माग दाबी
गोरखापत्र अनलाइन
असार २५, २०७८ शुक्रबार
विभिन्न निर्जीवन बीमा कम्पनीमा एक अर्ब ९२ करोड तीन लाख रुपियाँभन्दा बढीको बीमा माग दाबी भएको छ । हालै आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोबाट भएको भौतिक क्षतिबापत निर्जीवन बीमा कम्पनीहरूमा उक्त रकमको बीमा माग दाबी गरिएको हो ।
गत बुधबारसम्म विभिन्न २० निर्जीवन बीमा कम्पनीमा सम्पत्ति बीमा, मोटर बीमा, कृषि तथा पशुपन्छी बीमा, इन्जिनियरिङ बीमा र विविध बीमा शीर्षकअन्तर्गत ३३१ वटा बीमा माग दाबी गरिएको...