नेप्सेमा दोहोरो अङ्कको वृद्धि, विकास बैंकको शेयरमा आकर्षण
रासस
असार २४, २०७८ बिहीबार
धितोपत्र बजारमा आज विकास बैंक उपसमूहको शेयर उकालो लागेको छ । लगातार चार कारोवार दिन ओरालो लागेको नेप्से आज दोहोरो अङ्कले उकालो लाग्दा विकास बैंक उपसमूहको शेयरमा भने उल्लेख्य वृद्धि देखिएको हो । यस्तै, लघुवित्त, वित्त र जलविद्युत् उपसमूहको शेयरमा समेत राम्रै वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार विकास बैंक उपसमूहमा ८९.५७ बिन्दुको सुधार भएको छ । नेप्से २३.९७ बिन्दुले उकालो लागेर दुई हजार ८२५.१० मा पुगेको...