बजेट कार्यान्वयनमा कुनै समस्या हुन्न : अर्थमन्त्री
गोरखापत्र अनलाइन
जेष्ठ २५, २०७८ मंगलवार
सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनमा कुनै समस्या नहुने प्रस्ट पारेको छ । राजनीतिक समस्या, कोरोना महामारी, निर्वाचनका कार्यक्रम, बजेटको महत्त्वाकाङ्क्षा र सरकारको पुँजीगत खर्च क्षमताका कारण कार्यान्वयनमा समस्या हुने आलोचना भइरहेका बेला उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले कार्यान्वयनमा कुनै समस्या नहुने स्पष्ट पार्नुभएको हो ।