सीप सिकेर स्वरोजगार बन्ने सपना
गोरखापत्र अनलाइन
फाल्गुन ९, २०७८ सोमबार
तातोपानी गाउँपालिका–४ ले छ महिने होजियारी तालिम आयोजना गरेपछि अहिले बेरोजगार महिला सीप सिक्नमा व्यस्त छन् । उहाँहरू अहिले स्वेटर, टोपी, मफलर, मोजा बनाउन थाल्नुभएको छ । अहिले यहाँका महिला बिहान ६ देखि १० बजेसम्म र बेलुकी ६ देखि १० बजेसम्म होजियारी सीप लिइरहेका छन् । बिजुलीको व्यवस्था हुन नसकेकाले उहाँहरू दिउँसो घरायसी काम गर्नुहुन्छ । “हामी गाउँले बेरोजगार छौँ । यो कामले निकै राम्रो गरेको छ । अब गाउँमा एक उद्योग दर्ता...