वृद्धिदरको लक्ष्य चुनौतीपूर्ण
गोरखापत्र अनलाइन ,
जेष्ठ १७, २०७७ शनिबार
अर्थ मन्त्री डा. युवराज खतिवडाले बिहीबार प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७७/२०७८ को बजेटमा राजनीतिज्ञ अर्थविज्ञ एवम् व्यवसायीलेले विभिन्न कोणबाट विचार तथा व्याख्या गर्नु भएको छ । यहाँ आयोजित एक भिडियो अन्तक्र्रिया कार्यक्रममा उहाँहरूले विषम परिस्थितिमा वृद्धिदरको लक्ष्य चुनौतीपूर्ण रहेको, सामाजिक क्षेत्रको खर्च विनियोजन सकारात्मक रहेको धारण व्यक्त गर्नु भएको छ ।