मुलुक रूपान्तरणमा विश्वविद्यालयको भूमिका महत्त्वपूर्ण
गोरखापत्र अनलाइन
पुष १७, २०७८ शनिबार
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक रूपान्तरणमा विश्वविद्यालयको भूमिका महत्त्वपूर्ण रहने बताउनुभएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयको ३३औँ सभा बैठकलाई शुक्रबार सम्बोधन गर्दै उहाँले भन्नुभयो, “लोकतान्त्रिक मूल्य मान्यता र संस्कारका साथै लोककल्याणकारी राज्यको भावनाअनुसार मुलुक रूपान्तरणका लागि सहयोग पु¥याउने जनशक्ति उत्पादनमा विश्वविद्यालयले ध्यान दिनेछ भन्ने विश्वास लिएको छु । ”