प्राध्यापकले उत्तरपुस्तिका नबुझाउँदा !
सूर्यप्रसाद पाण्डे
पुष ११, २०७८ आइतवार
प्राध्यापकले परीक्षण गर्न लगेका उत्तरपुुस्तिका समयमै फिर्ता नगर्दा त्रिभुवन विश्वविद्यालयले गर्ने परीक्षाको नतिजा प्रकाशनमा ढिलाइ हुने गरेको छ ।
त्रिविमा सामान्यतया परीक्षा सम्पन्न भएको तीन महिनाभित्र नतिजा प्रकाशन गर्नुपर्ने नियम छ । तर, स्नातक तहका केही विषयको परीक्षा सकिएको एक वर्ष बितिसक्दा पनि नतिजा प्रकाशन भएको छैन । त्रिविको कमजोरीले विद्यार्थीमा मानसिक असर पर्ने गरेको छ ।