त्रिविका शिक्षक, कर्मचारीले प्रत्यक्ष राजनीति गरेमा विभागीय कारवाही हुने
गोरखापत्र अनलाइन
पुष ८, २०७८ बिहीबार
त्रिभुवन विश्वविद्यालयले पदाधिकारी, शिक्षक, प्रध्यापक र कर्मचारीलाई कुनै पनि राजनीतिक दलको उम्मेदवार तथा प्रतिनिधि नबन्न आग्रह गरेको छ । बिहीबार एक सूचना जारीगर्दै कर्मचारी प्रशासन महाशाखाले त्यसो गर्ने कर्मचारी, शिक्षकलाई विभागीय कारबाहीको चेतावनी समेत दिएको छ ।