शिक्षकको विज्ञापन तत्काल खोल्न निर्देशन
गोरखापत्र अनलाइन
पुष ६, २०७८ मंगलवार
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निम्नमाध्यमिक विद्यालय र प्राथमिक विद्यालयको रिक्त शिक्षक दरबन्दीको विज्ञापन तत्काल खुलाउन निर्देशन दिनुभएको छ । सोमबार आयोगका पदाधिकारीहरूको छलफलमा उहाँले निमावि र प्राविको रिक्त शिक्षक दरबन्दीको विज्ञापन खोल्न निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, “देशभरिका विद्यालयमा शिक्षक अभाव छ । यसै साता निमावि र त्यसको केही समयपछि प्राविको विज्ञापन खोल्नुहोस्...