एउटै विद्यालयका आठ विद्यार्थीलाई कोरोना, दशदिन विद्यालय बन्द
गोरखापत्र अनलाइन
चैत्र २४, २०७७ मंगलवार
बागलुङ बजारको एक विद्यालयका आठ जना विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा मंगलबार बागलुङ नगरपालिकाको एक विद्यालयका आठजना विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु सबै छात्रा रहेको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । एकै विद्यालयका १८, २८, १७, १७, १९, १८, १९ र २३ वर्षीया छात्राहरुलाई संक्रमण पुष्टि...