कृषि स्नातकदेखि विद्यावारिधिको अनुसन्धानस्थल बनेको स्टेवरी खेती
गोरखापत्र अनलाइन
चैत्र १५, २०७७ आईतवार
भरतपुर महानगरपालिका– ५ पिपलचोक नजिकैको एउटा कृषि फार्म । कालो प्लाष्टिकको छापो (मल्चिङ) माथि राताम्मे स्टेवरी । कृषि स्नातकदेखि कृषि विषयमा विद्यावारिधि गर्ने अनुसन्धानकर्ताहरुको अध्ययन र अनुसन्धानस्थल । र, सर्वसाधारणको लागि नयाँ र आकर्षणको केन्द्र ।
भरतपुर महानगरपालिका– ५ पिपलचोक नजिकै सशान्त देवकोटा नेतृत्वको आठ जनाको समूहले शुरु गरेको एक विगाह १७ कट्ठामा फैलिएको नेपाल एग्रो भाईन फार्मको १४ कट्ठा जमिनमा यतिबेला...