'येँ देय् म्हसीके' अर्थात् 'काठमाडौं चिनौं ' पाठ्यपुस्तक विमोचन
गोरखापत्र अनलाइन
फाल्गुन २९, २०७७ शनिबार
काठमाडौं महानगरपालिकाले आधारभूत तहको स्थानीय पाठ्यपुस्तक तथा पाठ्यक्रम ‘येँ देय् म्हसीके’ (काठमाडौं चिनौं) को विमोचन भएको छ । काठमाडौं महानगरपालिका शिक्षा विभागले आयोजना गरेको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा ती पुस्तकको विमोचन गर्नुभयो ।
विमोचन कार्यक्रममा बोल्नुहुँदै मन्त्री श्रेष्ठले काठमाडौँ महानगरपालिकाले...