प्रदेश नं. २ मा अन्य दिनको तुलनामा सोमबार सङ्क्रमित संख्या घट्याे
गोरखापत्र अनलाइन ,
भाद्र ८, २०७७ सोमबार
प्रदेश नं.२ मा लगातार बढ्दै गइरहेको कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या सोमबार अन्य दिनको तुलनामा घटेको छ ।
आइतबार मात्रै ३१२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको प्रदेश नं.२ मा सोमबार घटेर १८५ जनामा मात्रै भएको समाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाका अनुसार धनुषा र महोत्तरीमा ३÷३ जनामा सर्लाही र सप्तरीमा १०÷१० जनामा, सिरहामा ८, पर्सामा...