उपत्यकामा खाद्यन्न, तरकारी पसल बिहान ९ः१५ बजेसम्म मात्र खोल्न पाइने
गोरखापत्र अनलाइन ,
भाद्र ७, २०७७ आईतवार
अबदेखि काठमाडौं, ललितपुर , भक्तपुरमा खाद्यान्न तथा तरकारी, फलफुल पसल बिहान ९ः१५ बजेसम्म खोल्न पाइने भएको छ । काठमाडौँ सहित तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।विहान चाँडै पसल बन्द भए पछि सामान किन्न पाइएन भन्ने जनगुनासो आए पछि ९.१५ बजे सम्म खोल्न दिने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।