चैत २५ देखि वैशाख १८ गतेसम्म टाइफाइड विरुद्धको खोप दिइने
गोरखापत्र अनलाइन
चैत्र १३, २०७८ आइतवार
सरकारले १५ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकाल्दै चैत २५ गते देखि वैशाख १८ गतेसम्म देशभरका सो उमेर समूहका बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिने अभियान संचालन गर्ने निर्णय गरेको हो।
मन्त्रालयले बालबालिकालाई नजिकैको खोप केन्द्रमा टाइफाइड विरुद्धको खोप अनिवार्य लगाउन आग्रह गरेको छ।