मिर्गौला, क्यान्सर र मेरुदण्डको पक्षाघातका बिरामीले मासिक पाँच हजरा भत्ता पाउने
गोरखापत्र अनलाइन
चैत्र १६, २०७८ बुधबार
सरकारले गम्भीर रोगका बिरामीलाई औषधि उपचारका लागि मासिक पाँच हजार उपलब्ध गराउने भएको छ ।
मिर्गौला प्रत्यारोपण गरेका, डायलाईसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीलाई औषधि उपचार बापत खर्च उपलव्ध गराउने कार्यविधि २०७८’ स्वीकृत भएसँगै गम्भीर रोगका बिरामीलाई औषधि उपचारका लागि मासिक पाँच हजार पाउने भएका हुन् ।