अमेरिकाबाट ल्याइएकाे फाइजर खाेप टेकुमा भण्डारन, तालिम दिएर मात्र लगाउन थालिने
गोरखापत्र अनलाइन
कार्तिक ८, २०७८ सोमबार
सोमबार बिहान नेपाल आईपुगेको एक लाख ६२० डोज फाइजर खोपलाई टेकुस्थित केन्द्रीय खोप भण्डारणमा राखिएको छ ।
कोभ्याक्स सुविधा मार्फत अमेरिकी अनुदानमा नेपाल आइपुगेको उक्त खोपलाई माइनस ८० डिग्री सेल्सियसको तापक्रममा भण्डारण गरिएको खोप आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख उपेन्द्र ढुङ्गानाले बताउनुभयो ।