नेपालमा प्रयोग भएका सबै खोप गर्भवतीले लगाउन मिल्छ : विज्ञ
विष्णु पाण्डेय
कार्तिक ७, २०७८ आईतवार
अहिलेसम्म नेपालमा उपलब्ध कोरोना भाईरसविरुद्धको खोप १८ वर्षमाथिका नागरिकले लगाउन मिल्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । तर, कतिपय नखोपले नकारात्मक असर गर्छ भन्ने गलत मानसिकताका कारण खोप लगाउन नगएको देखिएको छ । यसमध्ये कतिपय गर्भवती महिला समेत खोपले गर्भमा रहेको शिशुलाई असर गर्छ भन्ने गलत मनसायका साथ खोप लगाउन नगएको देखिएको छ ।