स्वास्थ्य शिविरमा साढे चार हजार विद्यार्थीको उपचार
गोरखापत्र अनलाइन
फाल्गुन २२, २०७८ आइतवार
स्वास्थ्य कार्यालय बैतडीले विद्यालयमा आयोजना गरेको स्वास्थ्य शिविरमा बैतडीका साढे चार हजारभन्दा बढी विद्यार्थीले उपचार पाएका छन् । जिल्लाका १० वटा स्थानीय तहका १० वटा विद्यालयमा सञ्चालन गरेको आँखा, कान र दाँत चेकजाँच तथा उपचार शिविरबाट चार हजार ७०३ जना विद्यार्थीले उपचार पाएको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले बताउनुभयो ।