नेपालमा कुल जनसङ्ख्याको १८.८ प्रतिशमा कानको समस्या
सिर्जना खत्री
फाल्गुन १९, २०७८ बिहीबार
नेपालमा कुल जनसङ्ख्याको १८ प्रतिशतमा जनसङ्ख्यामा कानको समस्या रहेको तथ्याङ्कमा सार्वजनिक भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत आँखा, नाक, कान घाँटी तथा मुख स्वास्थ्य शाखाले गरेको सर्भेमा यस्तो तथ्याङ्क सार्वजनिक भएको हो ।
शाखाले ७ प्रदेशको २८ जिल्लाका समुदाय र विद्यालयका कुल १७ हजार ५९ जनामा गरिएको राष्ट्रिय बेसलाइन सर्भेमा कानको रोग तथा समस्या भएका कुल जनसङ्ख्या १८.८ प्रतिशत रहेको देखिएको छ ।