चौध हजारले पाए कोरोना बीमा, एक अर्ब ३८ करोड रुपियाँ भुक्तानी
गोरखापत्र अनलाइन
पुष ९, २०७७ बिहीबार
कोरोना बीमा गरेर संक्रमित भएकाहरुले आवश्यक कागजपत्र पेश गरेसँगै भुक्तान पाउन थालेका छन् । बीमा समितिका अनुसार पुस ७ गतेसम्ममा आवश्यक कागजपत्र पूरा गर्ने १४ हजार १८४ जनालाई बीमाको भुक्तानी गरिएको बीमा समितिका प्रवक्ता राजुरमण पौडेलले जानकारी दिनुभयो ।
‘कोरोना बीमा’ बापत एक अर्ब ३८ करोड ४८ लाख ७५ हजार रकम संक्रमितले पाएको पौडेलले बताउनुभयो । नेपालमा रहेका अजोड, एभरेष्ट, जनरल, हिमालयन, आइएमई जनरल, लुम्बिनी, नेसनल, नेको,...