चारहजार ६२० परीक्षणमा ५८८ सङ्क्रमित, एकहजार ९७ जना सङ्क्रमित निकाे
गोरखापत्र अनलाइन
पुष ५, २०७७ आईतवार
नेपालमा कोरोना भाइरसका ५८८ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ५३ हजार ७७२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा चार हजार ६२० जनाको आरटीपीसीआर परीक्षण गर्दा ५८८ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । हालसम्म १८ लाख ७० हजार ८३० जनाको पीसीआर परीक्षण गरिएको छ । हाल आठ हजार ३२० जनामा भाइरसको सङ्क्रमण...