सरकार र निजी क्षेत्रको प्रयास जरुरी, अझै शुरु भएन सम्वाद
गोरखापत्र अनलाइन
मंसिर २९, २०७७ सोमबार
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले उपलब्ध गराउने सुविधाको खोपको मात्रै भर पर्न नहुने बारे बहस सुरु भए पनि सरकारीस्तरबाट निजी क्षेत्रसँग र निजी क्षेत्रले पनि सरकारी निकायसँग नेपालमा सुविधाको खोप कसरी ल्याउने भन्ने बारे समन्वय गरेको देखिदैन ।
स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले निजी क्षेत्रबाट खोप कसरी ल्याउने भन्ने बारे विभागसँग समन्वय नभएको बताउनुहुन्छ । ‘सरकारी संयन्त्रसँग निजी क्षेत्रबाट...