logo
२०८१ बैशाख १७ सोमवार

  अन्तर्राष्ट्रिय बाल क्यान्सर राेग दिवस   



एक तिहाइले मात्र लिन्छन् पूर्ण उपचार सेवा

स्वास्थ्य |


एक तिहाइले मात्र लिन्छन् पूर्ण उपचार सेवा


काठमाठौं, फागुन ३ गते । नेपालमा क्यान्सर भएका बालबालिका मध्ये एक तिहाइले मात्र पूर्णरुपमा उपचार सेवा लिने गरेको पाइएको छ । विश्व बाल क्यान्सर दिवसको पूर्वसन्ध्यामा कान्ति बाल अस्पतालले एक कार्यक्रम गर्दै यस्तो जानकारी दिएको हो ।

अस्पतालका अनुसार नयाँ बिरामीहरु मध्ये बाल क्यान्सरको उपचार हुने नेपालका सम्पूर्ण अस्पतालहरुमा आइपुग्ने बालबालिकाको संख्या जोड्दा करिब एकतिहाइले मात्र पूर्णरुपमा उपचार लिएको तथ्यांक सार्वजनिक गरेको हो ।

अस्पतालमा आइपुगेका मध्य पनि २० देखि ३० प्रतिशत बालबालिकाहरु आर्थिक अभावको कारण उपचार नगरिकन वा उपचार छोडेर फर्किने अस्पतालका निर्देशक डा. अजित रायमाझीले जानकारी दिनुभयो ।

डा. रायमाझीका अनुसार नेपालमा वार्षिक १५ सय क्यान्सरका बिरामी थपिने अनुमान गरिएको छ । उहाँले भन्नुभयो ,‘नेपालमा यकिन तथ्यांक नभए पनि वार्षिक रुपमा १५ सय जना क्यान्सरका बिरामी बालबालिका थपिने अनुमान रहेको छ ।’

आर्थिक समस्याका साथै अभिभावकमा बालबालिकामा हुने क्यान्सर उपचारबाट निको पार्न सकिन्छ भन्ने चेतनाको कमीले उपचार सुविधा नलिने गरिएको निर्देशक डा.रायमाझीले जानकारी दिनुभयो ।

क्यान्सर रोग विशेषज्ञका अनुसार विकसित देशहरुमा क्यान्सर भएका बालबालिका ८५ देखि ९० प्रतिशतसम्म पूर्णरुपमा निको हुने गरेका छन् । नेपालमा अस्पतालमा गएर उपचार पूरा गर्ने बालबालिका मध्ये करिब ७० प्रतिशत निको हुने चिकित्सक बताउँछन् ।

जनस्वास्थ्य समस्याको दृष्टिकोणबाट बाल क्यान्सर सम्पूर्ण क्यान्सरहरुमा छैटाैं र बाल स्वास्थ्य समस्याहरुमा प्रमुख जनस्वास्थ्य समस्या हो । क्यान्सर लागेको बालबालिकालाई अकाल मुत्युको मुखबाट जोगाउन दुईवटा प्रमुख रणनीति अपनाउनुपर्ने हुन्छ, यसरी जसमा स्थापित उपचार केन्द्रहरुलाई थप सुढिडकरण गर्ने र उपचारमा सबैको पँहुच पु¥याउने अंगिकार गर्नुपर्ने चिकित्सकले जोड दिन्छन ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई बाल क्यान्सर सम्बन्धी विश्वव्यापी अभियानको फोकस राष्ट्रको रुपमा सूचीकृत गरेको छ ।

नेपाल सरकारले सन् २०३० सम्ममा बाल क्यान्सरका बिरामी मध्ये ६० प्रतिशतलाई पूर्ण निको बनाउन सक्ने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेको डा. रायमाझीले जानकारी दिनुभयो । विश्वमा हरेक वर्ष चार लाख बालबालिकामा क्यान्सर देखिने गरेको छ ।

बालबालिकामा ल्युकेमिया, ब्रेन क्यान्सर, लिम्फोमा, सोलिड ट्युमर आदि देखिने गरेका छन् । कति बिरामी थपिन्छन् कान्ति बाल अस्पतालमा वार्षिक दुई सयको हाराहारीमा क्यान्सरका नयाँ बिरामी थपिने गर्दछन् ।

अस्पतालले सम्पूर्ण उपचार अस्पतालमा नै गर्ने गरेको छ । त्यस्तै, पाटन अस्पतालमा क्यान्सर वार्ड संचालन गरेको दुई वर्ष भयो । यो अवधिमा ३० जना क्यान्सरका बालबालिका उपचाररत रहेका छन् । अस्पतालमा देशका विभिन्न स्थानबाट बिरामी आउने गर्दछन् ।

काठमाडौं उपत्यका बाहिरबाट आएका बिरामीको बस्ने खाने व्यवस्था एनजियोसँग सहकार्य गर्ने गरेको बाल क्यान्सर रोग विशेषज्ञ डा. सुचारीका तुलाधर बताउनुहुन्छ । त्यस्तै, तिलगंगा आँखा अस्पतालमा आँखाको क्यान्सरको उपचार सुरु गरेको १७ वर्ष भयो । तर बाल क्यान्सर विभाग छुट्याएर आँखाको क्यान्सर उपचार सुरु गरेको भने पाँच वर्ष भयो ।

जन्मिएदेखि पाँच वर्ष उमेरका बालबालिकाहरुमा लाग्ने रेटिनोेब्लास्टोमाको भएर वार्षिक तीन सय बिरामी आउने डा. पूर्णीका राजकर्णीकार बताउनुहुन्छ । डा. राजकर्णीकरणका अनुसार अस्पतालमा लेजर थेरापी र शल्यक्रिया र यदि क्यूमोथेरापीे गर्नुपरे कान्ति बाल अस्पतालमा र रेडियोथेरापी गर्नु परे भक्तपुर क्यान्सर अस्पतालमा रिर्फर गर्ने गरेको छ ।

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. विष्णु पौडेलका अनुसार अस्पतालले बालबालिकाहरुको क्यान्सरको उपचार गर्ने वार्ड छुट्याएको छ ।

अस्पतालमा क्यान्सरका रोगीको सम्पूर्ण उपचार अस्पतालमा नै हुने गरेको छ । डा. पौडेलका अनुसार अस्पतालको तथ्यांक अनुसार गत वर्ष वर्ष एक देखि चार वर्ष सम्मका महिला ३२ र पुरुष ११, ५ देखि १४ वर्षसम्मको महिला ५०, पुरुष ११३ र १५ देखि १९ वर्ष उमेर समूहका महिला ७८ र पुरुष १४४ जना क्यान्सरका बिरामी थपिएका छन् ।

क्यान्सरको उपचार नेपालमा नै हुन्छ । बालबालिकामा क्यान्सर जति चाँडो पहिचान हुन्छ, त्यति चाँडो उपचार हुने वरिष्ठ बालक्यान्सर रोग विशेषज्ञ डा. विष्णुरथ गिरी बताउनुहुन्छ । उहाँका अनुसार बालबालिकारुहमा ल्युकेमिया (रक्त क्यान्सर)।

मस्तिष्कको क्यान्सर, लिम्फोमा, न्युरोब्लास्टामा, विल्म्स् ट्युमर जस्ता क्यान्सर देखिन्छन् । लक्षण देख्नेबितिकै यसको पहिचान गर्ने र तुरुन्तै उपचार गर्ने नै बालबालिकामा हुने क्यान्सर नियन्त्रणको एकमात्रा उपाय रहेको डा. गिरी बताउनुहुन्छ ।

समय मै पत्ता लगाएर उपचार गरेमा ९० प्रतिशतभन्दा बढी बालबालिकामा हुने क्यान्सर निको हुने डा. गिरी बताउनुहुन्छ । डा. गिरीका अनुसार बालबालिकामा हुने क्यान्सरको उपचार सरकारी अस्पतालहरुमा सहुलियतसहित कम खर्चमा हुने गर्छ ।

भक्तपुर, भरतपुर, कान्ति, विपि कोइराला, पाटन अस्पताल जस्ता सरकारी अस्पतालमा क्यान्सरको राम्रो उपचार हुँदै आएको छ ।

डा. गिरीका अनुसार उपचार खर्च त्यति महँगो छैन, मध्यम वर्गीय परिवारले बच्चाको क्यान्सरको उपचार गराउन सक्छन् । ‘प्राथमिक उपचारमा ध्यान दिनुपर्छ, जसले गर्दा समयमै बालबालिकामा क्यान्सर पत्ता लागोस्,’ उहाँले भन्नुभयो ।

प्रत्येक प्रदेशमा सेयर केयर सेन्टर स्थापना उपत्यका बाहिरका बिरामीलाई लक्षित गरी प्रत्यक प्रदेशमा सेयर केयर सेन्टर स्थापना गर्नुपर्ने डा. गिरी बताउनुहुन्छ । डा.गिरीका देशभरीका १५ देखि २० वटा सेयर केयर केन्द्र आवश्यक पर्छ । चार पाँच वटा मुख्य उपचार केन्द्र आवश्यक पर्छ ।

यस्तो भयो भने एकै ठाउँमा मात्रै लोड नबढ्ने उहाँ बताउनुहुन्छ । ‘अहिले केन्द्रमा उपचार गरेर गएकाहरुलाई फ्लो अप जाँच गर्न प्रत्येक प्रदेशमा सेयर केयर सेन्टर स्थापना गर्ने हो भने उपत्यका बाहिरका बिरामीलाई सहज हुने थियो ।’

कान्तिमा क्यान्सरको उपचार कसरी हुन्छ अस्पतालमा वार्षिक दुई सय बिरामीले सेवा दिएका छन् । अस्पतालले १९९७ बाट ८ बेडबाट अंकोलोजि वार्ड सुरु गरेको थियो । अस्पतालले अहिले बढाएर २८ बेड पु¥याएको छ । जसमा अस्पतालले २० बेड क्यान्सर वार्डको रहेको छ भने आठ बेड डेकेयर को लागि छुट्याएको छ । गते वर्ष ३ सय बिरामी थपिएका छन् । अहिलेसम्म आठ नयाँ पुराना गरेर आठ सय बिरामीको उपचार भइसकेको छ । जसमा २९ जनाको मुत्यु भएको छ ।

नेपाल सरकारले क्यान्सरका बिरामीलाई एक लाख सम्मको उपचार खर्च दिने गरेको छ । अस्पतालले क्यान्सर सम्बन्धी धेरै सेवाहरु निःशुल्क दिने गरेको रायमाझीको दाबी छ । त्यो कारणले गर्दा पनि बिरामीको रोजाइमा कान्ति अस्पताल पर्ने गरेको डा. रायमाझी बताउनुहुन्छ । मानव शरीरमा कोष र वंशाणु (जीन) हरूको असामान्य वृद्धिका कारण क्यान्सर रोग लाग्छ । शरीरमा अन्को र ट्युमर गरी दुई किसिमका जीन हुन्छन् ।

‘अन्को जीन’ बढी भयो भने क्यान्सर गराउँछ भने ट्युमर सप्रेसरले क्यान्सर हुन दिँदैन । सामान्य जीन क्यान्सर जीनमा बदलियो र ट्युमर सप्रेसर जीनले काम गर्न सकेन भने क्यान्सर रोग लाग्ने सम्भावना हुन्छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?