logo
२०८१ बैशाख १७ सोमवार

  खोप छानविन समितिको प्रतिवेदन सार्वजनिक  



साढे चार लाख मात्रा खोप बढी पाइयाे, ५६ हजार खेर (प्रतिवेदन सहित)

स्वास्थ्य |
पढ्नै पर्ने |


साढे चार लाख मात्रा खोप बढी पाइयाे, ५६ हजार खेर (प्रतिवेदन सहित)


 

काठमाडौं, फागुन ३ गते ।  कोभिड १९ विरुद्धको खोप छानविन समितिले प्रतिवेदन बुझाएको छ । नेपालमा करिव २४ लाख खोपको मात्रा हराएको विवरण सार्वजनिक भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानविन समिति गठन गरेको थियो । समितिले आज प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा साढे चार लाख बढि खोप भेटिएको प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिवेदन अनुसार नेपालले अहिलेसम्म चार करोड ५७ लाख आठ हजार ६४० मात्रा खोप प्राप्त गरेकोमा तीन करोड ३८ लाख २६ हजार ३३० मात्रा खोप लगाएको छ । त्यस्तै सरकारसँग एक करोड २३ लाख ३७ हजार ६६५ मात्रा खोप मौज्दात रहेको प्रतिवेदनमा उल्लेख छ । सरकारले प्राप्त खोप र लगाएको संख्या अनुसार मौज्दात खोपको संख्या एक करोड १८ लाख ८२ हजार ३१० हुनुपर्नेमा सरकारसँग चार लाख ५५ हजार ३५५ मात्रा खोप बढि भेटिएको समितिले जनाएको छ । खाेप बढी हुनुमा समान्यतया दश जनाका लागि पुग्ने भाइलकाे खाेप ११ जनासम्मलाइ पुग्ने गरी लगाएकाे जस्ता कारण रहेकाे उल्लेख छ । साथै ५६ हजार ९०८ मात्रा खाेप खेर गएकाे प्रतिवेदनमा उल्लेख छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?