मधेस प्रदेश : खोप लगाउने बढ्दै,कोरोना ग्राफ घट्दै
रासस
माघ २०, २०७८ बिहीबार
कोरोनाविरुद्धको पूर्ण डोज खोप लगाउने दर बढेसँगै मधेस प्रदेशमा विगत केही दिनदेखि कोरोना ग्राफ ओरालो लाग्दै गएको छ । यही माघको दोस्रो सातासम्म दैनिक दुई सयको हाराहारीमा सङ्क्रमित थपिँदै गएकामा विगत केही दिनदेखि त्यो सङ्ख्या ५० को हाराहारीमा झरेको मधेस प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।