२४ घण्टामा २७४२ सङ्क्रमित, आठ हजार ७२३ डिस्चार्ज, १४ को मृत्यु
गोरखापत्र अनलाइन
माघ २०, २०७८ बिहीबार
पछिल्लो २४ घण्टामा दुई हजार ७४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दश हजार २६ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ७४२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सोही अवधिमा दुई हजार ५७९ जनाको एन्टीजेन परीक्षण गर्दा ४३३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।