तीन हजार ६५७ सङ्क्रमित, आठ हजार २६७ डिस्चार्ज, नौको मृत्यु
गोरखापत्र अनलाइन
माघ १८, २०७८ मंगलवार
पछिल्लो २४ घण्टामा तीन हजार ६५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दश हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सोही अवधिमा छ हजार ८९८ जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार ९२६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।