स्वास्थ्य लाभ गरेर माओवादी नेता पुन सोमबार नेपाल फर्किदै
गोरखापत्र अनलाइन
माघ ८, २०७८ शनिबार
नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन लामो समयको उपचारपछि स्वदेश फर्किनुहुने भएको छ । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् उहाँले आफू स्वदेश फर्किन लागेको जानकारी गराउनुभएको हो । बैंकक र चीनको लामो उपचारपछि स्वास्थ्य लाभ गरेर नेपाल फर्किन लागेको उहाँको भनाइ छ। ‘बैंकक र चीनको लामो उपचारपछि माघ १० गते पूर्ण स्वास्थ्य लाभ गरेर नेपाल फर्किदै छु’, नेता पुनले फेसबुकमा लेख्नुभएको छ । असोज १३ गते पुन उपचारका लागि...