गाउँमै स्वास्थ्य चौकी बनेपछि स्थानीयलाई सहज
गोरखापत्र अनलाइन
माघ ९, २०७८ आइतवार
सामान्य बिरामी हुँदा समेत उपचारको लागि टाढा धाउनुपर्ने बाध्यताबाट भिमाद नगरपालिका वडा नं.७, ८ र ९ का बासिन्दाले मुक्ति पाएका छन् । तीन वडाका बासिन्दालाई उपचारको लागि पायक पर्ने गरी वडा नम्बर ८ को भानुमतीमा भानुमती स्वास्थचौकी सञ्चालनमा गाउँवासीलाई उपचारका लागि सहज भएको हो ।