खोप र सिरिन्ज अभाव भएपछि खोप अभियान स्थगित
गोरखापत्र अनलाइन
माघ ८, २०७८ शनिबार
कपिलबस्तुमा आजदेखि शुरु भएको कोभिड दोस्रो मात्रा खोप अभियान स्थगित भएको छ । जिल्लाको शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, महाराजगंज नगरपालिका र विजयनगर गाँउपाालिकामा खोप तथा सिरिन्ज अभाव भएपछि खोप अभियान स्थगित गरिएको हो ।