जापानमा १६ लाख मोडर्नाको खोप दूषित
गोरखापत्र अनलाइन
भाद्र १०, २०७८ बिहीबार
जापानमा १६ लाख ३० हजार डोज मोडर्नाको खोप खेर गएको छ । मोडर्नाको खोपको भाइल दूषित भएको पाइएपछि करिब १६ लाख ३० हजार खोप उपयोगमा नल्याइने भएको जनाइएको छ ।
औषधी निर्माता टाकेडा र स्वास्थ्य मन्त्रालयले मोर्डनाको प्रयोगमा नल्याइएको भाइलमा दूषित पदार्थ पाइएको जनाएको छ । मोर्डनाको खोपको बजारको जिम्मेवारी पाएको टाकेडाले एक वक्तब्य जारी गरी लेखेको छ, “नखुलेको खोपको भाइलमा दूषित पदार्थ पाइएको खोप केन्द्रबाट जानकारी आएको...