‘अफगानिस्तानका नागरिकलाई सहयोग गर्नु नैतिक दायित्व’
रासस / एएफपी
भाद्र ९, २०७८ बुधबार
अफगानिस्तानका नागरिकलाई सहयोग गर्नु आफूहरुको नैतिक कर्तव्य भएको (जी–७) का नेताको भनाइ रहेको छ । युरोपेली आयोगका अध्यक्ष अर्सुला भोन डेर लियानले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, यतिबेला अफगानिस्तान निकै अप्ठेरो अवस्थामा छ, त्यहाँका नागरिक समस्यामा परिरहेका छन् त्यसैले यस्तो बेलामा उनीहरुलाई सहयोग गर्नु हाम्रो नैतिक दायित्व हो ।
उहाँकाअनुसार यसका लागि युरोपियन युनियनआबद्ध सबै राष्ट्र एकताबद्ध भएका छन्...