दुई लाख बढी सङ्क्रमित हुने भारत सातौँ राष्ट्र, अमेरिकामा एकै दिन एक हजारको मृत्यु
गोरखापत्र अनलाइन ,
जेष्ठ २१, २०७७ बुधबार
अमेरिकाको बाल्टीमोरस्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार संयुक्त राज्य अमेरिका, ब्राजिल, रसिया, बेलायत, स्पेन, इटालीपछि दुई लाख बढी सङ्क्रमित हुने भारत सातौँ राष्ट्र बनेको छ । स्पेन, फ्रान्स र इटालीमा सङ्क्रमणदर स्थिर देखिएको छ । रुस, ब्राजिल र भारतमा सङ्क्रमित थपिने दर उच्च भएको छ । ब्राजिलमा पछिल्लो चौबिस घण्टामा २८ हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् ।