प्रहरी प्रतिवेदनका निम्ति कन्सुलर विभागमा लाम लाग्नुनपर्ने
रासस
भाद्र ११, २०७८ शुक्रबार
कन्सुलर सेवा विभागले विदेश जान आवश्यक पर्ने प्रहरी प्रतिवेदन प्रमाणपत्रको प्रमाणीकरणका निम्ति विभागमा लाम लाग्नुनपर्ने व्यवस्था गरेको छ । यही भदौ १३ गते आइतबारदेखि लागू हुने गरी विभागले प्रहरी प्रतिवेदनको प्रमाणीकरण विद्युतीय माध्यमबाट मात्र गरिने व्यवस्था मिलाइएको आज यहाँ पत्रकार सम्मेलन गरेर बताएको हो ।
सेवाग्राहीलाई सहज एवं सरलरूपमा सेवा प्रवाह गर्न विभागले ‘अनलाइन’ प्रणाली सुरु गरेको विभागका महानिर्देशक...