logo
२०८२ असार ८ आईतवार



राष्ट्रिय क्रिकेट टिमका कोच ह्वाटमोरले दिनुभयो पदबाट राजीनामा

पढ्नै पर्ने |
खेलकुद |


राष्ट्रिय क्रिकेट टिमका कोच ह्वाटमोरले दिनुभयो पदबाट राजीनामा



काठमाडौं, भदौ ११ गते । नेपालको राष्ट्रिय क्रिकेट टोलिका प्रमुख प्रशिक्षक डेभ व्हाटमोरले राजिनामा दिनुभएको छ । राष्ट्रिय क्रिकेट टोलिसँगै ओमान भ्रमणमा रहनुभएका उहाँले नेपाल क्रिकेट संघ९क्यान०लाई इमेल पठाएर राजिनामा दिएको जानकारी गराउनुभएको छ । क्यानका सचिब अशोकनाथ प्याकुरेलले उहाँको राजिनामाको पुष्टि गर्नुभएको छ ।
सचिब प्याकुरेलले ओमान भ्रमण सकिएपछि सम्झौताको म्याद थप्नेबारे छलफल गर्ने क्यानले सोच बनाएकोमा बीचमै राजिनामा आउनु अप्रत्याशित भएको प्रतिक्रिया दिनुभयो । गत् पुस पहिलो साता उहाँसँग नेपाल क्रिकेट संघले एक वर्षे अनुबन्धन सम्झौता गर्दै प्रशिक्षकमा नियुक्त गरेको थियो । क्यानका सचिब प्याकुरेलले भन्नुभयो, “सम्झौताको ‘टिओआर’भित्रै रहेर उहाँले राजिनामा गर्नुभएको हो तर राजिनामाको उपयुक्त समय भएन ।” राष्ट्रिय क्रिकेट टोलि हाल विश्वकप क्रिकेट लिग–२ खेल्न ओमानमा रहेको छ । टोलि तयारीमा रहँदा प्रमुख प्रशिक्षकको राजिनामाले खेलाडीको समग्र प्रदर्शन प्रभाबित हुने आँकलन गरिएको छ ।
प्याकुरेलले ओमान भ्रमण सकिएपछि उहाँको राजिनामा लागू हुने बताउनुभएको छ । ‘टिओआर’मा प्रशिक्षकबाट राजिनामा दिनुपर्ने भए एक महिना अगाडि जानकारी गराउनुपर्ने ब्यवस्था गरिएको छ । उक्त ब्यवस्थालाई टेकेर प्रशिक्षक व्हाटमोरले राजिनामा दिनुभएको हो । यद्दपी उहाँको अनुबन्धन सम्झौता डिसेम्बर महिनामा मात्रै सम्पन्न हुँदै थियो ।
गत् माघ महिनामा नेपाल आउनुभएका व्हाटमोरको प्रशिक्षणमा नेपालले पहिलो पटक नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय कप क्रिकेट प्रतियोगितामा सहभागि भएको थियो । उक्त प्रतियोगितामा अब्बल मानिएको प्रतिद्वन्दी नेदरल्याण्ड्सलाई फराकिलो अन्तरले हराएर नेपालले उपाधि जित्दा प्रशिक्षक व्हाटमोरको समेत प्रशंसा भएको थियो । प्रशिक्षकको भूमिकामा एक वर्षमा दुइवटा प्रतियोगिता मात्रै खेलेर व्हाटमोर राजिनामा दिएर फर्किन लागेकोमा क्रिकेट प्रशंसक निराश हुन पुगेका छन् । सचिब प्याकुरेलले व्हाटमोरले पठाएको पत्रमा ब्यक्तिगत् कारणले राजिनामा दिएको बताउनुभएको छ । उहाँले कोभिड १९ को महामारीको बेला परिवारबाट अलग बस्न समस्या भएकोले राजिनामा दिएको पत्रमा उल्लेख गरिएको खुलाउनुभयो ।

नेपालले अमेरिका र ओमान सम्मिलित विश्वकप क्रिकेट लिग–२ अन्तगर्तको पहिलो खेलमा सेप्टेम्बर १३ मा अमेरिकाको सामना गर्नेछ । सेप्टेम्बर २० सम्म चल्ने प्रतियोगितामा नेपालले ओमान बिरुद्ध दुई र अमेरिका बिरुद्ध दुई गरी चार अन्तर्राष्ट्रिय एकदिबसीय म्याच खेल्नेछ । तयारी स्वरुप नेपालले प्रतियोगिताको पूर्ब सन्ध्यामा पपुवान्यूगिनी बिरुद्ध दुई अन्तर्राष्ट्रिय एकदिबसीय म्याच खेल्नेछ । पपुवान्यूगिनी बिरुद्धको पहिलो खेल सेप्टेम्बर पाँचमा र दोस्रो सेप्टेम्बर आठमा हुनेछ ।
राजिनामापछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको जिज्ञासामा प्रमुख प्रशिक्षक व्हाटमोरले निर्णय लिन कठीन भएपनि धेरै सोचेर राजीनामा दिने निर्णयमा पुगेको बताउनुभयो । उहाँले नेपाल क्रिकेट संघलाई उज्जवल भविष्यको कामना गर्नुभएको छ । प्रमुख प्रशिक्षक व्हाटमोरले नेपाली क्रिकेटसँग जोडिदा अत्यन्तै आनन्दित महसुस गरेको तथा क्यान र सबै खेलाडीले मेरो कार्यकालभरि अत्यन्तै समन्वयात्मक रुपले अगाडि आएको बताउनुभएको छ । श्रीलंका, बंगलादेश, पाकिस्तान, जिम्बाबवे लगायतका राष्ट्रको प्रमुख प्रशिक्षकको रुपमा अनुभब बटुल्नुभएका उहाँले इन्डियन प्रिमियर लिगमा कलकत्ताको प्रशिक्षण दलमा समेत सहभागी हुनुभएको थियो। उहाँले आफ्नो आगामी यात्राबारे कुन्र प्रतिक्रिया दिनुभएको छैन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?