पाँचतले मन्दिरकाे आयु ३२० वर्ष पुग्याे
रासस
असार २७, २०७८ आईतवार
विश्व सम्पदा सूचीमा रहेको प्रसिद्ध पाँचतले मन्दिरको ३२० वर्षगाँठ मनाइएको छ । आज मन्दिरभित्र परम्पराअनुसार राजोपाध्याय, कर्माचार्य, जोशी र ताल्चाभडेल पुजारीले पूजा गरी मन्दिरको टुप्पोमा सेतो कपडामा रातो चन्द्राकार भएको ठूलो झण्डा फहराउँदै वर्षगाँठ मनाइएको हो ।
मन्दिर स्थापनाको सम्झनामा प्रत्येक वर्ष असार शुक्ल प्रतिपदाका दिन यसरी नै पूजाआजा गरी झन्डा फहराउने प्रचलन रहिआएको छ । आजको दिन पूजामा बोका बली...