पुरिएका तीन जनाको शव फेला, एकको जीवितै उद्धार
गोरखापत्र अनलाइन
असार २४, २०७८ बिहीबार
दार्चुलाको नौगाड गाउँपालिकामा बाढी र पहिरोका कारण तीन जनाको ज्यान गएको छ । पहिरोमा च्यापिएर नौगाड गाउँपालिका–३ खार बस्ने २९ वर्षीय लक्ष्मण सितोली, ७२ वर्षीया गेउडी ठगुन्ना र उहाँकै तीन महिने नातनी मञ्जरी ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।