प्रम देउवा र ओलीबीच छलफल सकियो, साँझ ७ बजे पुनः छलफल हुने
गोरखापत्र अनलाइन
फाल्गुन १२, २०७८ बिहीबार
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच फेरि भेटवार्ता हुने भएको छ ।
बिहीबार प्रतिनिभिसभा बैठक स्थगित भएपछि बानेश्वरमा प्रधानमन्त्री देउवा र एमालेका नेताहरुसँग भएको छलफल सकिएको छ । छलफलपछि काँग्रेसका महामन्त्री गगन थापाले बिहीबार राति ७ बजे बालुवाटारमा प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच पुनः छलफल हुने जानकारी दिनुभयो हो ।