'एमसीसी अनुमोदनले मार्गप्रशस्त गरेको छ, अब काम शुरु हुन्छ'
रासस
फाल्गुन १६, २०७८ सोमबार
राजनीतिक दलले मध्यमार्गी बाटो निकाल्दै मिलेनियम च्यालेन्ज कर्पारेशन सम्झौतालाई निकष्र्षमा पु-याएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकबाट बाह्रबुँदे व्याख्यात्मक घोषणासहित सम्झौता अनुमोदन भएको छ । सम्झौता अनुमोदनसँगै अबको प्रक्रिया के हुन्छ र कहिलेदेखि काम शुरु हुन्छ भन्ने आम मानिसमा जिज्ञासा रहेको छ ।