पर्यटन क्षेत्र ठप्प हुनु र विदेशी सहायता 'होल्ड' हुनुले तरलता अभाव
गोरखापत्र अनलाइन
माघ २५, २०७८ मंगलवार
नेपालमा विदेशी मुद्रा आर्जनमा कमी, कोरोनाका कारण पर्यटक घट्नु र विदेशी सहायता होल्ड भएर तरलता अभाव देखिएको छ । अहिलेको तरलता अभावबारे पूर्व अर्थ सचिव रामेश्व खनाल भन्नुहुन्छ ‘अहिले नेपाल विदेशी मुद्रा आयतमा कमजोर भएको छ । कमजोर हुनु भनेको पर्यटन क्षेत्रबाट प्रत्येक वर्ष डेढ–दुई अर्ब भित्रिन्थ्यो । पर्यटनले नेपालको अर्थतन्त्रमा सात आठ प्रतिशत योगदान गरेको छ । त्यसमा आधा विदेशी मुद्रा हुन्थ्यो । तर, त्यो दुई वर्षदेखि...