सय वर्षदेखिको साइकल व्यापार, पाँच पुस्ता बिते यात्रा जारी
गोरखापत्र अनलाइन
माघ २७, २०७८ बिहीबार
बेलायतबाट काठमाडौँमा साइकल ल्याईएको थियो । राणा परिवारकै संगतमा रहेका कमलाछीका अष्टनारायण मानन्धरले पनि एक दिन राणाहरुको साइकल चढ्ने मौका पाउनुभयो । अष्टनारायणले राणाको साइकल के चलाउनु भएको थियो । उहाँ भुइँमा पछारिनुभयो । भुइँमा पछारिएकै कारण अष्टनारायणलाई त्यसपछि साइकल चढ्न दिइएन ।