नुवाकोटमा कैदीबन्दी सार्ने अन्तिम तयारी, दुई महिना लाग्ने
दीपा चाैधरी
माघ १४, २०७८ शुक्रबार
नुवाकोटको विदुर नगरपालिकामा निर्माण भएको कारागारको भौतिक संरचना निर्माणको काम लगभग सकिएसँगै कैदीबन्दी सार्ने तयारी सुरु भएको छ ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक जनकराज दाहालका अनुसार अहिले कैदी सार्ने तयारी धमाधम भइरहेको बताउनुभयो । माघ–फागुनभित्रै कारागार सार्ने काम हुन्छ ।