अनुमति बिना खाल्डो खन्दा गैंडा मर्यो, सडकसँग स्पष्टीकरण माग्दै निकुञ्ज
छेटु शेर्पा
माघ १०, २०७८ सोमबार
गैंडाको मुख्य करिडोर रहेको भरपुर चितवनको टिकौली सडक आसपासमा निर्माण गरिएको खाल्डोमा परेर आइतबार पोथी गैंडाको मृत्यु भयो । चितवन राष्ट्रिय निकुञ्जको सिमाना रहेको यस सडकमा विना अनुमति भौतिक संरचना निर्माण गरिदाँ वन्यजन्तुको पासो बनेको भन्दै निकुञ्जले सडकसँग स्पष्टीकरण माग्ने तयारी गरेको छ । यस क्षेत्रलाई संरक्षित वन्यजन्तुको हवकै रुपमा लिने गरिएको छ ।