लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दा ‘हेर्दाहेर्दै’मा
गोरखापत्र अनलाइन
माघ ७, २०७८ शुक्रबार
सर्वोच्च अदालतले लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित मुद्दा ‘हेर्दाहेर्दै’मा राखेको छ । शुक्रबार न्यायाधीशहरु आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको पूर्ण इजलासमा लोक सेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दाको सुनुवाइ तोकिएको थियो । न्यायाधीशहरु भट्टराई, मल्ल र सुवेदीको पूर्ण इजलासले उक्त मुद्दा शुक्रबार ‘हेर्दाहेर्दै’ राखेको हो ।