बागलुङकी संक्रमित महिलाको तेस्रो रिपोर्ट नेगेटिभ, चाैथाे हेरेर डिस्चार्ज गरिने
गोरखापत्र अनलाइन ,
बैशाख ४, २०७७ बिहीबार
कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित बागलुङकी ६५ वर्षीय महिलाको तेस्रो रिपोर्ट नेगेटिभ आएको छ । धौलागिरि अञ्चल अस्पताल बागलुङको आइसोलेसनमा उपचार गराइरहनुभएकी महिलाको तेस्रो स्वाब परीक्षणमा नेगेटिभ आएको हो ।
नेपालमा कोरोना भाइरस संक्रमणको पुष्टी भएका दोस्रो र पाँचौ युवतीसँग एउटै विमानबाट बेल्जियम हुँदै नेपाल आएकी महिलाको तेस्रो रिपोर्ट नेगेटिभ आएको र चौथो रिपोर्टका लागि स्वाब पठाउँने तयारी गरिएको धौलागिरि...