महाकालीपारि भारतीय क्वारेन्टाइनमा रहेका एकहजार नेपाली फिर्ता ल्याउन पहल
गोरखापत्र अनलाइन ,
बैशाख २, २०७७ मंगलवार
महाकालीपारि भारतीय धारचुलाको विभिन्न क्वारेन्टाइनमा दुई सातादेखि कष्टपूर्ण दैनिकी बिताइरहेका एकहजार ६१ नेपालीलाई दार्चुला ल्याउन पहल भइरहेको छ ।
जिल्ला कोरोना भाइरस व्यवस्थापन समितिको बैठकले खलंगामा एकहजार बढी नेपाली राख्न सकिने नसकिने विषयमा अध्ययन गर्न सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन समितिलाई निर्देशन गरेको छ ।
अहिले धारचुलामा दार्चुलाका २२६ जना, बैतडीका ४२२...