नेपालले सङ्क्रमणकालीन न्याय आफ्नै पहलमा प्रदान गर्न सक्छ :मन्त्री ज्ञवाली
गोरखापत्र अनलाइन ,
फाल्गुन १४, २०७६ बुधबार
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले सङ्क्रमणकालीन न्याय प्रक्रिया सफलताका साथ निरुपण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
जेनेभामा मानव अधिकार परिषद्को ४३ औँ सत्रको बैठकमा सम्वोधन गर्दै मन्त्री ज्ञवालीले नेपालले शान्ति प्रक्रियामा यसअघि सफलता प्राप्त गरे झैँ सङ्क्रमणकालीन न्याय आफ्नै पहलमा प्रदान गर्न सक्ने क्षमता राखेको स्पष्ट गर्नुभयो ।