जाडोमा कठ्याङ्ग्रिएर पढ्छन् हलिया बालबालिका !
गोरखापत्र अनलाइन ,
पुष २१, २०७६ सोमबार
रीया भुल पुसको कड्याङ्ग्रिदो जाडोमा पनि चप्पलमै विद्यालय आउनुहुन्छ । रियाको जिउमा एक जोर पातलो स्कुल पोशाक मात्र छ । घरमा अभिभावक छैनन् । बुबा मालिकको घरमा हलो जोत्दाजोत्दै बित्नुभयो । आमाले छोडेर गएपछि रीया भुल छिमेकी काकाको घरमा बस्नुहुन्छ ।
काका कार्कीले ज्याला मजदुरी गरेर कमाएको दिन पेटभरी खान मिल्छ । नत्र भोकै बस्नु पर्छ । खाना नपाएको दिन रियाको स्कुल बिदा हुन्छ । रीयाको जस्तै करुणा भुलको पनि घरको अवस्था उस्तै...