नेवार समुदायले धानेको सिलगढी बजार खस्किँदै
रासस
पुष १०, २०७६ बिहीबार
डोटी जिल्लाको सदरमुकाम सिलगढी सुदूरपश्चिमकै मुख्य प्रशासन केन्द्रको रुपमा कायम रहँदै आएको छ । एक समय यो शक्तिशाली डोटी राज्यको राजधानीको रुपमा परिचित थियो । बाइसे–चौबीसे राज्यकालमा यहाँ कत्युरीवंशी हुँदै रैकावंशीको शासन चलेको पाइन्छ र त्यो विशाल नेपालमा नगाभिँदासम्म कायम रह्यो । राणाकालसम्म पनि यस क्षेत्रलाई सुदूरपश्चिमकै एक मुख्य प्रशासन केन्द्रको रुपमा तोकिएको देखिन्छ । तत्कालीन समयमा यो यो जिल्ला डोटी...